काठमाडौं। आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदातको मतगणना भइरहेको छ।
केही स्थानमा मतगणना सुरू भइसकेको छ भने केही स्थानमा मतगणना सुरू गर्ने तयारी छ।
प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमाले ६ स्थानमा अगाडि छ भने कांग्रेस ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, जनमत पार्टी एक स्थानमा अगाडि छ।
नेकपा एमाले अगाडि भएका क्षेत्रः
देवराज घिमिरेः झापा – २
किस्मत कुमार कक्षपतिः बाँके – ३
जुली कुमारी महतो (महासेठ)ः धनुषा – ३
नव राज सिलवालः ललितपुर – १
प्रेम बहादुर महर्जनः ललितपुर – २
अमृत खड्काः ललितपुर – ३
नेपाली कांग्रेस अगाडि भएका क्षेत्रः
योगेश गौचन थकालीः मुस्ताङ – १
दुर्लभ थापा क्षेत्रीः भक्तपुर – २
प्रकाश मान सिंहः काठमाडौं – १
राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि भएका क्षेत्रः
शिशिर खनाल काठमाडौं – ६
गणेश पराजुली काठमाडौं – ७
माधव प्रसाद कंडेल कास्की – २
जनमत पार्टी अगाडि भएका क्षेत्रः
चन्द्र कान्त राउत (सिके राउत): सप्तरी – २