काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले सुरुवाती अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार मिश्रले २ सय ८९ मत पाएका छन् ।दोस्रो स्थानमा नेकपा एमालेका किरण पौडेलले १ सय ८६ मत पाएका छन् ।
नेपाली कांग्रेसका प्रकाशमान सिंह तेस्रो स्थानमा खुम्चेका छन् ।उनले १ सय ८३ मत पाएका छन् । अघिल्लोपटक यहाँ मिश्रलाई हराउँदै सिंह विजयी भएका थिए ।