चितवन । चितवन ३ मा मतगणना सुरु गर्ने तयारी गरिएको छ ।मतगणना सुरु गर्न बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
सर्वदलीय बैठकलगत्तै रामपुरस्थित कृषि, वन तथा विज्ञान विश्वविद्यालयमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हरि सिंह धामीले जानकारी दिए ।
यो क्षेत्रमा सत्ता गठबन्धनका डा.भोजराज अधिकारी, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला र राप्रपाका विक्रम पाण्डेको प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।