पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।
कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो