काठमाडौँ । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ।
देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ।
साथै, सोमबार बिहानैबाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका भित्र काठमाडौं-७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि सुरू भएको छ ।
कास्की-२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर-२ मा एमालेलाई पछयाउँदै आएको छ। प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ।
उता, कास्की-२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ। काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार घण्टीले १७७, एमालेका श्यामकुमार घिमिरेले ९३, माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले ७५ मत पाउँदा लौरोको मत ७२ रहेको छ ।
भक्तपुरको २ नम्बर निर्वाचन क्षेत्रको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका छन्।
सोमबार बिहान प्राप्त परिणामअनुसार खड्काले ४ सय मत गन्दा २९८ मत ल्याएर अग्रता लिएका हुन् । यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ ।
सर्वदलीय/सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।