काठमाडौँ । प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिइरहेका छन्।
सोमबार बिहान प्राप्त परिणामअनुसार खड्काले ४ सय मत गन्दा २९८ मत ल्याएर अग्रता लिएका हुन् । यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की छिन्।
उनले १०१ मत ल्याएकी छन्। यसपछि रहेकी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ म मात्र प्राप्त गरेकी छन्। ललितपुरकै क्षेत्र नम्बर २ मा पनि एमालेले नै अग्रता लिइरहेको छ ।