बैतडी । बैतडीमा जीप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।