ललितपुर । ललितपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत पाएर अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका लौरो अभियान ९हाम्रो नेपाली पार्टी०का उम्मेदवार सुदिन शाक्यले एक हजार ९७ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ८७७ मत पाएका छन् । स्वतन्त्र पार्टीले ७९० मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६७६ मत पाएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ ।
ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।