काठमाडौं। बाजुराको त्रिवेणी–७ मा गोली चलेको छ।
मतदानको क्रममा गोली चल्दा एकजनाको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाउँका सुरेन्द्र ऐडी रहेका छन्।
वडाध्यक्ष जुद्धबहादुर ऐडीले गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएको जानकारी दिए।
घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।