काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार बिहानदेखि जारी मतदान सकिएको छ।
आइतबार बिहानदेखि जारी मतदान बेलुकी ५ बजे सकिएको हो। निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो।
मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ। मतदान सकिएका स्थानमा मतपेटिका संकलनको तयारी छ।
देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ।
विवाद भएका केही स्थानमा मतदान जारी छ।
दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ।
सम्बन्धित समाचारः
मतदानको क्रममा ५ जिल्लामा ५३ राउन्ड हवाई फायर
देशभर १५ केन्द्रमा रोकियो मतदान कार्य