काठमाडौं। नवलपुरको देवचुली– ४ झाक्रेमा रहेको शान्ति सिर्जना केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ।
देबचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो।
मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको थियो।