पोखरा। स्याङ्जाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ।
झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ।