काठमाडौं। निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ। हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन।
पाँच जिल्लामा हवाई फायर भएको हो। रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए।
उनका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ। सिरहाको मिर्चैया बडहरामालमा तीन राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड, हुम्लामा १८ राउन्ड, हुम्लाको देवकोटा मावि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा एक, बाजुरामा पाँच र डोटीमा चार राउन्ड हवाई फायर भएको छ।
मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रण लिनका लागि हवाई फायर गरेको हो। उनले भने, अहिलेसम्म मतदान शान्तिपूर्ण छ। सुरक्षा व्यवस्था कडा छ। प्रहरीलाई गोली प्रहार गर्नेसम्मको अधिकार दिइएकाले त्यस्तो अप्रिया घटना भने अहिलेसम्म भएको छैन।’