मनाङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो।
कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन्।