काठमाडौं। बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो।
प्रहरीका अनुसार प्रदेश सभा समानुपातिकतर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो। कसले आगजनी गर्यो भन्ने खुलेको छैन। सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ।
बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ।