धनगढी। मतदानको दिन आज कैलालीका विभिन्न ठाउँमा भेटिएका शङ्कास्पद बस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बडैपुर र लम्कीमा फेला परेका शङ्कास्पद बस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
यसैबिच धनगढी उपमहानगरपालिका २ शारदा मावि मतदानस्थल नजिक केहीवेर अघि शङ्कास्पद विष्फोट भएको छ। विस्फोटबाट कुनै क्षति नभएको कैलालीका डिएसपी बेद जोशीले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेर विस्फोटबारे जानकारी लिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा व्यवस्थालाई चुस्तदुस्त बनाउँदै सबै निर्वाचनका लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताए। उनले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताए।