काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमति नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ।