पोखरा। कास्कीको निर्वाचन–३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ को लुम्रे मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेकपा बहुमत पार्टीका इलाका समिति सदस्य सूर्य परियार रहेका छन्।
निर्वाचन विरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य विथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभा अन्तर्गतको मतपेटिका फुटाएका हुन्। मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए।
उक्त केन्द्रमा एकसय मत खसेपछि उक्त घटना भएका हो। छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाइ प्याक गरिएको र मतदान कार्य सूचारु रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।