बिर्तामोड। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारीसँग मोटरसाइकल ठोक्किँदा दुर्घटनामा परेर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार मेची नगरपालिका–१३ धाइजन बस्ने होमबहादुर खत्रीको मृत्यु भएको हो।
उनी सवार प्रदेश १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नेपाली सेनाको सवारीसँग ठक्कर खाएको थियो।