दिपायल। डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ।
जिल्लाको शिखर नगरपालिका –८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले चार राउण्ड गोली चलाएको हो।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीडलाई तितरबितर पार्न चार राउण्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिए।
प्रहरी नायब निरीक्षक बोहराका अनुसार केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि पुनः मतदान सुरु भएको छ।
१७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।