चितवन। गोली चलेका कारण चितवनको निर्वाचन क्षेत्र नम्बर १ राप्ती नगरपालिका ८ मा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ।
२०–२५ जनाको समूहमा आएका व्यक्तिले चुनाव बिथोल्न खोजेपछि प्रतिकारमा गोली चलाइएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
बिहान करिब ८ बजे तिर सो समूहलाई तितरबितर पारिएको उनले बताए।
ब्रह्मस्थनी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा केही बेर मतदान रोकिएको थियो।