काठमाडौं। बाजुरामा ७ वटा मतदानस्थलको मतदान कार्य स्थगित छ।
बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका १ र त्रिवेणी नगरपालिका ७ मा रहेका मतदानस्थलको मतदान कार्य स्थगित भएको हो।
ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो ।
विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले बताए।
मतदान सुचारू गर्न छलफल चलिरहेको छ।