काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेका छन्।
जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
यस्तै, बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गरेकी छन्। आज प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले मत खसालेकी हुन्। पाटन ४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरिन्।
उता, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।
मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेका हुन्।