बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ।
मतदान गर्ने क्रममा विषय लिएर एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएपछि अहिले मतदान स्थगित भएको हो।
अहिलेसम्म ११ महिला र १७ पुरुषले मात्रै मतदान गरेका छन्। ८ बजेबाट सुरू भएको मतदान केन्द्रमा झडपपछि माथिबाट ढुङ्गा प्रहार गरेपछि लाममा बसेका सबै मतदाताहरू भागाभाग भएका थिए।
अर्को सुचना नभएसम्म अहिले मतदान कार्य स्थगित गरिएको बूढीनन्दा नगरपालिका ५ मा रहेको नन्देश्वरी माविको मतदान केन्द्रले जनाएको छ।