काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहले चुनाव विथोल्न खोजेपछि चितवनमा प्रहरीले हवाई फायर गरेको छ ।
चितवन क्षेत्र नम्बर–१ अन्तर्गत राप्ती नगरपालिका-८ ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो । १५-२० जनाको समूहमा आएका विप्लव समूह कार्यकर्ताले चुनाव विथोल्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।
यस्तै रौतहटको गुजरा नगरपालिका–४ मा दुई राउण्ड गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मतदानस्थलभन्दा बाहिर हुलदङ्गा गरेकाले भीड नियन्त्रणमा लागि हवाइ फायर गरिएको हो ।
हुलदङ्गा भएपछि अवस्था नियन्त्रण लिनका लागि दुई राउण्ड हवाइ फायर गरिउको एसपी बुढामगरले बताए । उनका अनुसार मतदान भने स्थगित भएको छैन ।