गुल्मी । गुल्मी क्षेत्र नं. २ को मालिका–५ छापाहिले मतदान स्थलमा मतदान स्थगित भएको छ। प्रत्यक्ष र समानुपातिको मतपत्र साटिएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानाकारी दिए ।
‘प्रत्यक्ष र समानुपातिको मतपत्र यताको उता र उताको यता भएपछि अहिले स्थगित भएको छ,’ एसपी रानाभाटले भने, ‘अहिले छलफल भइरहेको छ ।’ त्यहाँ मानवीय त्रुटि देखिएकाले त्यसलाई समाधान गर्ने प्रयास भइरहेको एसपी रानाभाटले बताए ।