काठमाडौँ । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान जारी छ । बिहान ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री देउवाले मतदान गरेका हुन् । देउवा डेडल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन्।
उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन्।
ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन्। चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन्। उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन्।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर,३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको 'क' केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।
यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरस्थित वडा नम्बर ४ मा पर्ने कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेपालले यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दिएका थिए ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन्।
इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीसँग भने, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ।’ उनी प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् ।
उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बहान ७ बजे मतदान गरेका छन्। आफ्नो मतदाता नामावलीनमा नाम भएको सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्य मावि कुविण्डे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। सापकोटाले बिहान सात बजे नै मतदान गरेको उनका सहयोगी श्रीधर न्यौपानेले जानकारी दिए।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिको पशुपति मावि ' क' केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् ।
यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् ।
यस्तै निर्वाचन आयोगकी निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले लमजुङस्थित सुन्दर बजार नगरपालिका-२ महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
यस्तै ललितपुरको निर्वाचन क्षेत्र नम्बर–३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी भुसालले मतदान गरेपछि आफूले निर्वाचन जित्ने बताएकी छन् ।
अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका उनले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा शर्माले मतदान गरेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ पुगेर मतदान गरेका छन् ।वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नै क्षेत्रमा मतदान गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् । गुल्मी-२ बाट उनी प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। गुल्मीको मदाने-४ म्यालपोखरीको मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् ।गुल्मीको मदाने-४ म्यालपोखरीको मेहलेपोखरी मा.वि.को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट भट्टराईले पहिलो भोट खसालेका हुन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आइतबार बिहान मतदान गरेका छन् । सिंह काठमाडौँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका छन् । सिंहले काठमाडौँ–१६ मा रहेको पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जन्मथलो गोरखाबाट मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मतदान गरेका छन् । चितवन क्षेत्र नं.१ प्रतिनिधिसभाका उम्मेदवार उनले राप्ती-५, भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मतदान गरेका छन् । जन जागृति मा.वि. गूठी परसौनी (केवलपुर) मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् ।
उनले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई काठमाडौं डिल्लीबजार कन्या क्याम्पसमा मतदान गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) मतकेन्द्रबाट मतदान गरेका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उप-महासचिव पृथ्वीसुब्बा गुरुङले पनि मतदान गरेका छन् । गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार रहेका कमल थापाले मतदान गरेका छन् । राप्रपा नेपालका अध्यक्ष समेत रहेका उनले हेटौंडा-६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् ।आइतबार बिहान मैतीदेवी मतदान केन्द्रमा पुगेर महामन्त्री थापाले मतदान गरेका हुन् । थापा सत्ता गठबन्धनका तर्फबाट काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीले मतदान गरेकी छन् ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले पनि आइतबार गढवा गाउँपालिका–६ स्थित मावि गढवा मतदान केन्द्रबाट मतदान गरेका छन् । चौधरी दाङ–१ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार छन् । उनले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गरेका हुन् ।
नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले मतदान गरेकी छिन्। उनले तुलसीपुर-८ कृष्ण मन्दिर केन्द्रबाट मतदान गरेकी हुन्।