काठमाडौँ । निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।
आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै मन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेका थिए ।
निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको छ ।