काठमाडौं। भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा बिवेश तामाङ रहेका छन्।
शनिबार बिहान भक्तपुर नगरपालिका–२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले कासन पुल नजिक ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमल बिनायकका सिताराम पक्का नेवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।