मलेसियामा आज आम चुनावअन्तर्गत मतदान हुँदैछ । त्यहाँका दुई कराेड बढी मतदाताले राजनीतिक अस्थिरता अन्त्यका खातिर भाेट खसाल्दैछन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, चुनावका लागि झण्डै ९ हजार मतदान केन्द्र ताेकिएकाे त्यहाँकाे निर्वाचन आयाेगले जनाएकाे छ । मलेसियाले चुनावी चाँजाेपाँजाे चुस्त बनाउन साढे तीन लाखभन्दा बढी कार्यकर्ता खटाएकाे छ ।
दुई वर्षयता देखिएकाे राजनीतिक संक्रमण अन्त्यका लागि याे चुनाव महत्त्वपूर्ण हुने ठानिएकाे छ । फेब्रअरी २०२० मा प्रधानमन्त्री महाथिर महाेम्मदले राजीनामा दिएयता मलेसियामा दुई प्रधानमन्त्री नियुक्त भइसकेका छन् । १ मार्च २०२० मा मुहिद्दीन यासिनले राजीनामा दिएका थिए । गठबन्धन सांसदहरूले आफ्नाे समर्थन फिर्ता लिएपछि यासिनले राजीनामा दिएका थिए ।
उनले पद छाेडेपछि २१ अगस्ट २०२१ मा स्माइल साबरी प्रधानमन्त्री भएका थिए । तर गत १० अक्टुबरमा उनले संसद् भंग गरी आम निर्वाचनका लागि बाटाे खुला गरिदिएका थिए ।