काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ)लाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। उनले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको सम्बन्धमा जरिवाना गरिएको आयोगले जनाएको छ।
‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार ! मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छु, भन्ने मनाङ्गेले अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो।
गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो । मनाङ्गे गण्डकी प्रदेश सभा सदस्यमा मनाङ (२) का उम्मेदवार छन्। उनी गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।