पोखरा । पोखराको कश्य तपोधाम कास्कीकोटमा बालाचतुर्दशी पर्व मनाइने भएको छ । मंसिर ६ गते बालाचतुर्दशीको अवसरमा धामकोगरमा रहेको महाकालेश्वर मन्दिर परिसरमा सदविज छर्ने पर्व मनाउन लागिएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए।
सद्विज रोपण भजन चुड्का साथ सदविज छरौ हाम्रो संस्कृतीको रक्षा गर्नै समितीले सबैलाई अनुरोध समेत गरेको छ ।
त्यस क्षेत्रमा सद्विज छर्न कास्की स्याङजा तनुह पर्वत लगाएत जिल्लाहरुवाट समेत भत्तजनहरु आउने गर्दछन् ।परा पुर्वकाल देखि धामको गरामा सद्विज छर्ने गरेको स्थानीयहरु बताउछन् । सदविज छर्ने कार्यमा सहभागी हुन भक्तजनलाई समितिले आग्रह गरेको छ।