काठमाडौँ । प्रतिनिधि सभामा काठमाडौँ-५ बाट उम्मेदवार भएका कांग्रेस नेता प्रदीप पौडेलको पक्षमा भोट माग्न रोबोटको प्रयोग भएको छ ।
स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाडौं-५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै पौडेलसहित गठबन्धनका प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो ।
घरदैलोका क्रममा रोबोटले ‘नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट, यसपालीको काठमाडौं-५ को भोट, प्रदीप पौडेललाई’ भन्दै भोट मागेको थियो ।
प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासका साथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर जानकारी दिए ।