काठमाडौं। निर्वाचन आयोगले सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।
आयोगले बुधबार मेहताको उम्मेदवारी खारेज गरेको हो।
बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले मेहताले उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जनाएको छ।