काठमाडौं। भारतबाट ल्याउँदै गरेको नक्कली मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारका इजाजत अहमत रहेका छन्। उनलाई भारतबाट जगरनाथपुर गाउँपालिका–२ दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा नक्कली १५ हजार थान मतपत्रसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए।
उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।
उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।