चितवन। चितवन–२ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार तोडफोड भएको छ।
उनको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार बिहान ११ बजेतिर तोडफोड गरेको हो।
गाडी रोकेर भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल अगाडि चुनाव प्रचारमा गएका तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको हो।
प्रहरीले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जानकारी दिएको छ।