काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र)को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ।
सदस्य सचिव घिसिङ रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेको थियो।