काठमाडौं। ‘एम जी एजुकेसन फेयर’मा सम्पन्न भएको छ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीको आयोजनामा आइतबारदेखि सुरू भएको ‘एम जी एजुकेसन फेयर’ मंगलबार सकिएको हो।
‘एम जी एजुकेसन फेयर’मा ३ दिनमा ५ सय बढी विद्यार्थीले भिजिट गरेको फेयरका संयोजक सुरज अधिकारीले जानकारी दिए।
‘एम जी एजुकेसन फेयर’मा आएका विद्यार्थीहरुलाई बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलियाको अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे कल्सलटेन्सीका काउन्सलरले जानकारी गराएको संयोजक अधिकारीले बताए।
फेयरको अन्तिम दिन बागमती कलेजका विद्यार्थीले भिजिट गरेका थिए।
स्पेक, एम जी ग्लोबल, साथी, न्यू डे, ब्लु स्पार्क र फ्लाई एब्रोर्ड एजुकेसनको आयोजनामा एमजी ग्रुपको प्रधान कार्यालय, मेगा बैंक भवन बागबजारमा ‘एम जी एजुकेसन फेयर’ भएको थियो।
एजुकेसन फेयरको बैंकिङ पार्टनरमा प्रभु बैंक र आईएलटीएस पार्टनर ब्रिटिस काउन्सिल रहेको थियो।