पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।
मंगलबार मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री खड्कालाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पोखरेल र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको बताइएको छ। साथै, पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खड्कालाई लगाइएको छ।
खड्कालाई बर्खास्त गरेर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैंसँग राखेका छन्।
खड्का २०७४ सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका थिए।
यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए।