ललितपुर । नागरिक समाज र स्वतन्त्र अगुवाले आज ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गर्दैछन् ।
पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन् । साथै उनले पैदल यात्रापछिको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा तथा समाजसेवीहरूको सहभागिता रहनेछ ।