काठमाडौं । निर्वाचनका क्रममा उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ।
आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने सामग्री प्रसारण नहुने व्यवस्था गर्न चिठ्ठी लेखेको हो।
निर्वाचनका बेलामा भारतीय सीमावर्ती जिल्ला र निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले त्यहाँका सञ्चार माध्यमहरुमा प्रचारप्रसार गर्ने चलन थियो। त्यसैलाई दृष्टिगत गरी विदेशी सञ्चारमाध्यममा निर्वाचन प्रचारप्रसारमा रोक लगाउने आचारसंहिता बनेको र त्यसै अनुसार पत्राचारसमेत भएको निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले बताए।
‘निर्वाचनका दौरान नेपालका कुनै पनि दल र उम्मेद्वारहरुको प्रचार९प्रसारसम्बन्धी सामग्री प्रशारण नहुने व्यवस्था गरिदिन आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेको हो’ उनले भने, ‘पत्राचार अनुसार भारतलेसमेत स्थानीय एफ.एम. स्टेशनहरुलाई पत्राचार गरेर निर्वाचन प्रचारप्रसारका सामग्री नबजाउन अनुरोध गरेको हो।