काठमाडौं। ‘एम जी एजुकेसन फेयर’मा दुई दिनमा ३ सय बढी विद्यार्थीले भिजिट गरेका छन्।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीको आयोजनामा आइतबारदेखि सुरू भएको ‘एम जी एजुकेसन फेयर’ मा दुई दिनमा ३ सय बढी विद्यार्थीले भिजिट गरेका हुन्।
‘एम जी एजुकेसन फेयर’का संयोजक सुरज अधिकारीले वैदेशिक अध्ययनबारे आवश्यक जानकारी लिनका लागि फेयरमा एकपटक आउन आग्रह गरे।
‘एम जी एजुकेसन फेयर’मा बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीका काउन्सलरले विद्यार्थीहरुलाई वैदेशिक अध्ययनबारे जानकारी गराइरहेको संयोजक अधिकारीले जानकारी दिए।
.jpg)
‘एम जी एजुकेसन फेयर’मा विद्यार्थीलाई विभिन्न खेल खेल्ने व्यवस्था गरिएको छ। सार्थ, विजेतालाई विभिन्न आकर्षक पुरस्कारको व्यवस्था छ।
स्पेक, एम जी ग्लोबल, साथी, न्यू डे, ब्लु स्पार्क र फ्लाई एब्रोर्ड एजुकेसनको आयोजनामा ‘एम जी एजुकेसन फेयर’ भइरहेको हो। एजुकेसन फेयरको बैंकिङ पार्टनरमा प्रभु बैंक र आईएलटीएस पार्टनर ब्रिटिस काउन्सिल रहेको छ।
आइतबारदेखि एमजी ग्रुपको प्रधान कार्यालय, मेगा बैंक भवन बागबजारमा भइरहेको ‘एम जी एजुकेसन फेयर’ भोलि मंगलबार सकिनेछ।