काठमाडौं। ‘एम जी एजुकेसन फेयर’ आज सोमबार दोस्रो दिन पनि जारी छ।
‘एम जी एजुकेसन फेयर’ एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीको आयोजनामा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आइतबारदेखि सुरू ‘एम जी एजुकेसन फेयर’ सोमबार दोस्रो दिन पनि जारी छ।
‘एम जी एजुकेसन फेयर’मा बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीका काउन्सलरले विद्यार्थीहरुलाई वैदेशिक अध्ययनबारे जानकारी गराइरहेका छन्।
‘एम जी एजुकेसन फेयर’का संयोजक सुरज अधिकारीका अनुसार आइतबार फेयरमा करिब १५० जना विद्यार्थीहरुले भिजिट गरेका थिए।
उनीहरुले ‘एम जी एजुकेसन फेयर’मा बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे कल्सलटेन्सीका काउन्सलरसँग जिज्ञासा राखेका थिए।
आइतबारदेखि सुरू भएको ‘एम जी एजुकेसन फेयर’ नोभेम्बर १५ अर्थात कार्तिक २९ गतेसम्म एमजी ग्रुपको प्रधान कार्यालय, मेगा बैंक भवन बागबजारमा सञ्चालन हुनेछ।
स्पेक, एम जी ग्लोबल, साथी, न्यू डे, ब्लु स्पार्क र फ्लाई एब्रोर्ड एजुकेसनको आयोजनामा ‘एम जी एजुकेसन फेयर’ भइरहेको हो। एजुकेसन फेयरको बैंकिङ पार्टनरमा प्रभु बैंक र आईएलटीएस पार्टनर ब्रिटिस काउन्सिल रहेको छ।