वीरंगज। आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्ने गरि भित्र्याउन खोजिएको बिस्फोटक पर्दाथ (भन्सारको भाषामा आतिशवाजी गर्ने पटाकाहरु) वीरगंज भन्सारले नियन्त्रणमा लिएर कारवाही प्रक्रियामा लगेपछि निर्वाचन केन्द्रीत आतंक सृजना गर्ने षडयन्त्र असफल भएको आकंलन गरिएको छ ।
भदौ २१ गते एकिकृत भंसार जाँच चौकी भएर नेपाल भित्रिएको ना ७ ख ८१५२ नम्बरको मालवाहक ट्रक निस्किनै लाग्दा भंसारले चेकजाँचका लागि नियन्त्रणमा लिएको थियो । ट्रकमा १ सय १४ पोका कपडा र तीन ठुला पोकामा बिस्फोटक पर्दाथ रहेको वीरगंज भन्सार प्रमुख नवराज ढुगंनाले जानकारी दिए ।
ट्रकमा ५ करोड ७० लाख भन्दा बढी मूल्यको कपडा रहेको छ भने लाखौको बिस्फोटक पर्दाथ रहेको छ । भंसार प्रमुख ढुंगानाले तिहार र छठ पर्वलाई लक्षीत गरेर बिस्पोटक पदार्थ ( पडाकाहरु ) ल्याइएको बताए । तर वीरगंज भन्सार कार्यालयले कार्तिक २१ गतेका दिन ट्रक आइसीपीबाट नियन्त्रणमा लिएकोले भंसार प्रमुखले गरेको दावी जस्तो पडाकाहरु चाडपर्व लक्षीत आयात नगरिएकोे स्पष्ट हुन्छ ।
त्यसैपनि नेपाल सरकारले पडाकाहरुको आयातमा प्रतिवन्ध मात्र लगाएको छैन। नेपालमा पडाका नपड्काउनकालागि अनुरोध गर्ने गरेको छ र पड्काइएको पाइएमा कारवाही गर्ने गरि यसलाई दण्डनीय बनाएको छ । त्यसैले बिस्फोटक पदार्थको आयातको पछाडी ठुलै योजना रहेको अनुमान लगाउन सकिन्छ ।
बिस्फोटक पदार्थ बोकेको ट्रक छुटाउनका लागि नेपालको ठुलो शक्ति केन्द्रका ब्यक्तिहरुको वीरगंज आगमन र चलखेलले झनै आशंका उत्पन्न गराएको छ ।
भंसार राजस्व छली गरि करोडौ रुपैयाको कपडा र बिस्फोटक पर्दाथ आइसीपी भएर त्यसै आएको छैन । यसका पछाडी ठुलै शक्तिकेन्द्रको हात हुने कुरा स्वभाविक छ । भंसारले नियन्त्रणमा लिएको ट्रक र समान छुटाउनका लागि माओवादी सुप्रिमोको बुहारी श्रृजना त्रिपाठी र नभएका बिभिन्न चरणका बैठक सम्पन्न भएका छन । यसले पनि निर्वाचनलाई प्रभाव पार्ने, आतंक सृजना गरेर परिणाम आफनो पक्षमा पार्नका लागि बिस्फोटक पर्दाथको प्रयोगको योजना सार्वजनीक भएको छ ।
यद्धपी वीरगंज भन्सार प्रमुखले आफू कुनै बैठकमा सहभागि नभएको र उहाँहरुसंग आफनो भेट नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमंत्री जनार्दन शर्मा समेतले ट्रक छोड्नका लागि दवाव दिएको स्रोतको दावी छ । तर भंसार प्रमुख ढुंगानाले आफूलाई कसैले दवाव नदिएको दावी गरे । सामान र ट्रक बिवा कारवाही छाड्न प्राविधिक कानूनी कुनै पनि रुपमा नमिले पछि प्रक्रियामा प्रवेश गरेर कपडा पार्टीलाई दिने सेटिङमा काम हुदै गरेको स्रोतले जनायो ।
अव प्रक्रियामा मालको हकदावी गर्ने सूचना प्रकाश हुने छ । त्यसपछि सामानको मूल्याकंन गरिने छ । स्रोतले ९९ लाख रुपैया सम्म मूल्यांकन हुन सक्ने र पहिलो पटक प्रकाशन भएको लिलाम प्रक्रियमा कसैलाई सहभागि हुन नदिई पूनः मूल्याकंन समिितको बैठक बसी मूल्याकन घटाई ६० लाखको हाराहारी कायम गरि पार्टीले माल पाउने गरि प्रक्रिया शुरु गर्ने सेटिङ भएको स्रोतको दावी छ । तर भंसार प्रमुख ढुगांनाले खुला प्रतिस्पर्धा पाउने कुराको सुनिश्चितता हुने गरि लिलामी प्रक्रिया अगाडि बढाइने बताए । सीमीत प्रतिस्पर्धाको जुन आशंका गरिएको छ, त्यसो नभएर एकदम पारदर्शी र खुला रुपमा हरेकले प्रतिस्पर्धा गर्न पाउनेगरि प्रक्रिया अगाडि बढने उनले दृढता ब्यक्त गरे ।
वीरगंज भन्सार प्रमुख ढुगांनाले बिस्फोटक पर्दाथ नष्ट गर्ने जनाएका छन । कपडा आवश्यक कारवाही सहित भन्सारले तोकेको दर भन्दा माथि हुने गरि मूल्याकंन गरि लिलामी प्रक्रियामा जाने तयारी गरेको बताए ।