काठमाडौं। काठमाडौंमा ‘एम जी एजुकेसन फेयर’ सुरू भएको छ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको ‘एम जी एजुकेसन फेयर’ एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीको आयोजनामा आइतबारदेखि सुरू भएको हो।
.jpg)
आइतबारदेखि सुरू भएको ‘एम जी एजुकेसन फेयर’ नोभेम्बर १३, १४ र १५ (कार्तिक २७ देखि २९ गते)सम्म एमजी ग्रुपको प्रधान कार्यालय, मेगा बैंक भवन बागबजारमा सञ्चालन हुनेछ।
‘एम जी एजुकेसन फेयर’मा बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीका काउन्सलरले विद्यार्थीहरुलाई वैदेशिक अध्ययनबारे जानकारी गराइरहेका छन्।
.jpg)
स्पेक, एम जी ग्लोबल, साथी, न्यू डे, ब्लु स्पार्क र फ्लाई एब्रोर्ड एजुकेसनको आयोजनामा ‘एम जी एजुकेसन फेयर’ भइरहेको हो। एजुकेसन फेयरको बैंकिङ पार्टनरमा प्रभु बैंक र आईएलटीएस पार्टनर ब्रिटिस काउन्सिल रहेको छ।
.jpg)
