बैतडी । बैतडीमा भीरबाट लडेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत ३० वर्षकी सरस्वती धामी बोहरा रहेकी छन् ।
खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सिगास गाउँपालिका-८ लुपुडकी सरस्वती घर नजिकैको खर फागलमा खर काट्न गएकी थिइन् । शनिबार भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।