धनगढी । सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महशुस भएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।
बैतडी, बझाङ, कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको जनाएको छ ।
यस अघि गत बुधबार आएको भुक्मपमा परी डोटीमा ६ जनाले ज्यान गुमाएका थिए । भने एक दर्जन घाइते भएका छन् । सयौ घर विस्तापित भएका छन् ।