काठमाडौं। काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ।
महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाका भित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो।
खुल्ला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यहरुले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।
यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ।