काठमाडौं। काठमाडौंमा ‘एम जी एजुकेसन फेयर’ हुने भएको छ।
एम जी ग्रुपअन्तर्गत रहेका विभिन्न ६ कल्सलटेन्सीको आयोजनामा ‘एम जी एजुकेसन फेयर’ हुने भएको हो। ‘एम जी एजुकेसन फेयर’ नोभेम्बर १३, १४ र १५ (कार्तिक २७ देखि २९ गते)सम्म एमजी ग्रुपको प्रधान कार्यालय, मेगा बैंक भवन बागबजारमा हुनेछ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एम जी एजुकेसन फेयर’ आयोजना गर्न लागिएको हो।
‘एम जी एजुकेसन फेयर’मा कन्सलटेन्सीका काउन्सलरले वैदेशिक अध्ययनबारे विद्यार्थीहरुलाई जानकारी गराउनेछन्।
‘एम जी एजुकेसन फेयर’मा बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे जानकारी दिइनेछ।
स्पेक, एम जी ग्लोबल, साथी, न्यू डे, ब्लु स्पार्क र फ्लाई एब्रोर्ड एजुकेसनको आयोजनामा ‘एम जी एजुकेसन फेयर’ हुन लागेको हो।
एजुकेसन फेयरको बैंकिङ पार्टनरमा प्रभु बैंक र आईएलटीएस पार्टनर ब्रिटिस काउन्सिल रहेको छ।