पोखरा । आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरूप काम गर्ने बताएकी छिन् ।
निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुगेकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने बताएकी हुन् ।
पूर्वमन्त्री स्व रवीन्द्र अधिकारीको जन्मथलो रहेको भरतपोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक रहेको जनाउँदै यो महत्वपूर्ण अवसरलाई सही सदुपयोग गरेर मतदाताको मन जित्नसमेत सुझाव दिएका छन् ।